गंगा दाहालले छोडिन प्रचण्डको सचिवालयको जिम्मेवारी

२०८२ कार्त्तिक ०३ सोमवार
सारांश
  • दाहालले सचिवालय छोडेको जानकारी दिदै पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताएकी छन् ।

काठमाडौँ : गंगा दाहालले आफ्नो बुबा पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको जिम्मेवारी छोडेकी छन् । दाहालमे सोमबार आफुले प्रचण्डको सचिवालयबाट राजीनामा दिएको जानकारी दिएकी हुन् ।
 

दाहालले सचिवालय छोडेको जानकारी दिदै पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताएकी छन् ।
 

उनले भनेकी छन्-  'म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ ।'
 

दाहालले आफु र आफ्ना दिदीहरू र भाइलाई जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहेको उल्लेख गर्दै कुप्रचार र भ्रामक सूचना दिनेहरूले आफुलाई निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेको समेत बताएकी छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार