- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सचिवालयमा चार जना सदस्य थपिएको विषयमा असन्तुष्टि जनाएकी छन् ।
काठमाडौँ, २ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सचिवालयमा चार जना सदस्य थपिएको विषयमा असन्तुष्टि जनाएकी छन् ।
तोसिमा टिप्पणी गर्दै महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी दुई हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएको बताउदै हामीले खोजेको रिफर्मेसन यो नभएको बताएकी छन् ।
रास्वपाको शनिबार बसेको सचिवालय बैठकले गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपेपछि तोसिमाको यस्तो टिप्पणी आएको हो ।
उनले भनेकी छन्:
पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो । महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन ।
कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो । फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ । कार्यशैली सच्याउन जरुरी छ । पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ ।
पुन: दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिंग राइट्सको सुनिश्चित गरियोस् भनि माग गर्दछु । भोटिंग राइट्स नदिने भए देश भरीबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’