डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२०८२ कार्त्तिक ०२ आइतवार
- आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको पाइएको छ । ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल बिजक तयार गरी झुटो आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।
आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको पाइएको छ । ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल बिजक तयार गरी झुटो आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ सालमा स्वास्थ्य सेवा विभागले गरेको म्यामोग्राफी मेसीन सम्बन्धी ठेक्कामा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत कार्य भएको देखिएको अख्तियारले जनाएको छ । ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकोमा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. ले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो । जसले लागत अनुमानभन्दा केवल १.५७ प्रतिशत मात्र कम रहेको पाइएको छ ।
आयोगका अनुसार ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रकृया मिलेमतोमै भएको प्रमाणित भएको छ । उत्पादन कम्पनी जनरल मेडिकल मेरटि इटली बाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झण्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको पाइएको हो ।
आयोगको अनुसन्धानबाट दुई चरणमा मात्र सामान आएको, पहिलो चरणमा आएको सामान मात्र भएको र त्यसलाई सम्पूर्ण सामान आएको भनी झुट्टा प्रतिवेदन बनाएर भुक्तानी दिइएको प्रमाणित भएको छ ।
यस कार्यमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्र, व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान र पध्मा मिश्र, लेखापाल तिलकराम ढकाल लगायत कर्मचारी र कम्पनीका संस्थापक सुन्दर भुसाल संलग्न रहेको आयोगले जनाएको छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिम मुद्दा दायर गरिएको छ । आयोगले कुल १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो असुलउपर गर्न माग गर्दै उनीहरूलाई कैद र जरिवानाको सजाय हुन मागदाबीसहित आरोपपत्र विशेष अदालतमा दायर गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।