राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा बारे छलफल
२०८२ कार्त्तिक ०१ शनिवार
- शनिबार शित्तल निवासमा भएको छलफलमा चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको थियो ।
काठमाडौँ, १ कार्त्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा छलफल गरेका छन् ।
शनिबार शित्तल निवासमा भएको छलफलमा चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको थियो । सो अवसरमा सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका थिए । साथै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको विषय समेत छलफल गरिएको छ ।
यस विषयमा फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको र तयारी अझै द्रूततर गतिमा अघि बढाउदै जाने प्रधानमन्त्री कार्कीले बताएकी छन् । उनले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन समेत आग्रह गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’