अर्थमन्त्री खनालको सिंगापुरका राष्ट्रपति थार्मानसँग शिष्टाचार भेट
२०८२ कार्तिक ०१ शनिवार
- अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गरेका छन् ।
काठमाडौँ, १ कार्तिक । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारातनमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए । अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताएका थिए ।
अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गरेका छन् । सो अवसरमा उनले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए ।
अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे । अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरुले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रवन्धहरुमा सुधारको खाँचो रहेको बताएका थिए। प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रवन्धहरुमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’