नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री

३१ असोज, २०८२, शुक्रवार
सारांश
  • शुक्रबार नेपालस्थित कुटनीतिक प्रतिनिधिहरुलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छिन् । 

 

शुक्रबार नेपालस्थित कुटनीतिक प्रतिनिधिहरुलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।

 

कार्कीले भनिन्, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ । यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो । तपाईंहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग र्पुयाउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ ।’

 

उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तराष्ट्रिय समुदायसम्म जानकारी पुर्याइदिन आग्रह गरिन् ।

 

उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरुले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र नभइ सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।

 

उनले भनिन्, ‘यो सरकार गठन भएको एक महिना नपुग्दै, हामीले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र होइन, सुधारको अपार सम्भावनासमेत देखेका छौँ, यही अवसर हो विश्वास पुनर्निर्माण गर्ने, संस्थागत सुदृढता ल्याउने, र शासन प्रणालीलाई पारदर्शिता र सेवामुखी दिशातर्फ लैजानेछ ।’

 

विश्वासिलो वातावरणमा चुनाव गराउन सरकार लागि परेको जानकारी कार्कीले कुटनीतिक प्रतिनिधिहरुलाई गराइन् । सुरक्षाको अवस्थामा सुधार गरेर चुनावका लागि विश्वासिलो वातावरण बनाउँदै गएको जिकिर उनले गरिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार