जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भयो : अन्जन श्रेष्ठ
२०८२ असोज ३१ शुक्रवार
- शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहारहरु गर्ने र छानि छानि व्यवसाय र घर आगजनी गर्ने काम भएको भन्दै सधैँ निजी क्षेत्रप्रति प्रहार किन हुन्छ भनेर सोच्ने बेला आएको बताए ।
काठमाडौं : उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहारहरु गर्ने र छानि छानि व्यवसाय र घर आगजनी गर्ने काम भएको भन्दै सधैँ निजी क्षेत्रप्रति प्रहार किन हुन्छ भनेर सोच्ने बेला आएको बताए ।
उनले भने, ‘निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा नै प्रहारहरु पनि भयो । हाम्रो व्यवसायहरु जलाइएँ, छानि छानि घर घरमा गएर आगजनी गर्ने काम भयो । यो निजी क्षेत्रप्रति जुन प्रहार भयो नि त्यो सारै नै नराम्रो भएको छ । किन सधैँ निजी क्षेत्रप्रति प्रहार हुन्छ भन्ने प्रश्न पनि छ । यसबारे हामी सबैले सोच्नुपर्छ यसमा निजी क्षेत्रको पनि कतै कमजोरी छ कि र त्यो कमजोरीलाई सुधार पनि गर्नुपर्छ । यस तर्फ सोच्ने बेला पनि आएको छ ।’
साथै, उनले भ्रष्टाचारको विरुद्धमा हरेक जनताको मनमा रहेको आक्रोशलाई जेनजी भाई बहिनीहरुले उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको भन्दै यस विषयमा ती भाई बहिनीहरुलाई नमन पनि गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी युवाहरु एउटा परिवर्तनको संम्वाहक बनेर राज्यमा एउटा नयाँ परिवर्तन ल्याएको छ । त्यो परिवर्तन वास्तविक तपाईं हामी सबैको उकुस मुकुस पनि थियो । वेतिथि, बिसंगति पनि थियो । सबैलाई सुशासन छैन भन्ने थियो भ्रष्टाचार व्याप्त छ, व्यक्तिवादी छ भन्ने थियो । यो कुरा सबैको मनमा लुकेर बसेको थियो । जेनजी भाई बहिनीहरुले त्यसलाई उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको छ । त्यसकारण ती भाई बहिनीहरुलाई हामीले नमन गर्नुपर्ने हुन्छ ।’
साथै, फागुनमा हुन लागेको निर्वाचन समयमा नै सम्पन्न गर्नको लागि सहज वातावरण बनाउनको लागि निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अर्को कुरा निर्वाचन गर्ने भनेको छ । निर्वाचन समयमा नै हुनुपर्छ भन्ने कुरा हामीले राख्नुपर्छ भन्दा पनि निर्वाचन समयमा नै होस् भन्ने किसिमले वातावरण बनाउनको लागि हामीले पनि भूमिका खेल्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।