प्रचण्ड, रवि र बालेन अहिलेको आन्दोलनका मुख्य मतियार हुन्, कारवाही गर्नुपर्छ: महेश बस्नेत
३१ असोज, २०८२, शुक्रवार
- एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले प्रचण्ड, लामिछाने र बालेनलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।
काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कारवाही गर्नुपर्ने धारणा राखेका छन् ।
एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले प्रचण्ड, लामिछाने र बालेनलाई कारवाही गर्नुपर्ने बताएका हुन् । उनले भने- ब्ल्याकएनर्जीको प्रतीक ‘लुसिफर’ को नामले चिनिदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने र उनको स्वतन्त्र पार्टी तथा मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कार्बाही गर्नुपर्दछ ।'
नेता बस्नेतले जेनजी आन्दोलन केवल स्थानीय असन्तोष नभएर पूर्व योजनाबद्ध अन्तर्राष्ट्रिय पोलिटिकल अपरेशन भएको बताउदै यसको उद्देश्य राष्ट्रिय संरचना र राजनीतिक स्थायित्व ध्वस्त पार्नु र उनीहरुको स्वार्थ पुरा गर्नु भएको दाबि गरेका छन् ।
उनले राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेको आरोप लगाउदै ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्ताबेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरिएको बताएका छन् ।
बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताउदै अध्यक्षको ब्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए । साथै उनले निष्क्रिय रहेका प्रभाबहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरुको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटि पुनरगठन गर्नुपर्ने समेत बताए ।
उनले विद्या भण्डारी जस्ता नेताहरुलाई बैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द बढाउन नहुने भन्दै नेता बस्नेतले बिकल्प खोज्ने नेताहरु अध्यक्षको बिकल्प खोज्दै प्रचण्ड र माधब नेपालसँग पुग्ने खतरा रहेको बताए । उनले तपाईहरु आफै बिकल्प हो किन भन्न सक्नु हुन्न भन्दै प्रश्न समेत गरेका थिए । उनले अब आफुहरु विकल्प बनेर अगाडी आएको भन्दै आफुहरुसँग लड्न चुनौती स्वीकार गर्न र पार्टीको सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्न आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।