- बुधबार सभामुख घिमिरेले दलका प्रतिनिधिहरुसँग संसद पुनस्र्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमिरेले राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन् ।
बुधबार सभामुख घिमिरेले दलका प्रतिनिधिहरुसँग संसद पुनस्र्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘प्रतिनिधिसभा विघटन र वर्तमान सरकारको गठन जेनजी आन्दोलनका उपज हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाहीे आन्दोलनले दिएको म्याण्डेट हो । विघटीत संसद पुनस्र्थापनाको बहस औचित्यहिन हो । सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो ।’
जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै दलहरुलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होम्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा बस्नेतले जोड दिए ।
निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन कार्य सम्पन्न हुनुपर्ने उनको भनाइ छ । निर्वाचन आयोगले आज सबै राजनीतिक दलहरुसँग आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्यको निर्वाचनबारे छलफल गर्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’