नर्सका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
२०८२ असोज ३० बिहीबार
- विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् ।
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।
विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन गर्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन भएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’