बुद्ध एयरका सञ्चालक बस्नेतसहितको समूहले दर्ता गर्यो नयाँ दल

२०८२ असोज ३० बिहीबार
सारांश
  • दिनेश प्रसाईंको नेतृत्व गतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।

काठमाडौँ  : बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ ।

 

दिनेश प्रसाईंको नेतृत्व गतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । 

 

उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् । बस्नेतले ५-६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा फागुन २१ लाई चुनाव घोषणा भएपछि बस्नेतसहित नयाँ दल दर्ताको प्रक्रिया अगाडी बढाएका हुन् ।

 

पार्टीमा एक जना अध्यक्ष र ५ जना महासचिव राख्ने तयारी छ । बाँकी सदस्य हुनेछन् । पार्टीमा पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था गरिएकाले बस्नेत नेतृत्वमा नबसेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार