कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा
२०८२ असोज ३० बिहीबार
- बैठकमा मुख्य रुपमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने नै छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएको समयमै हुने बताएर मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस अब महाधिवेशनमा केन्द्रित भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ । विहिबार बिहानदेखि अब्सेको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको हो ।
बैठकमा मुख्य रुपमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने नै छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएको समयमै हुने बताएर मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस अब महाधिवेशनमा केन्द्रित भएको हो ।
अर्कोतर्फ बुधबार ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ ।
त्यस्तै यस केन्द्रीय समितिको बैठकमा बैठकमा जेनजी प्रदर्शन, त्यसपछि विकसित घटनाक्रम, प्रतिनिधिसभा विघटन, फागुन २१ को निर्वाचन, जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालय पुनर्निर्माण, शान्ति सुरक्षा एवं सुशासन, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतका विषयमा छलफल गर्ने गरि एजेण्डा तय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।