एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

२०८२ असोज २९ बुधवार
सारांश
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

काठमाडौँ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको छ ।

 

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको स्थान र मिति तोक्ने विषयमा पनि छलफल हुनेछ ।

 

एमालेको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार