- नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव नहुने दाबि गरेका हुन् । इनले यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने बताएका छन् । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव नहुने दाबि गरेका हुन् । इनले यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरेका छन् ।
ओलीले भने- हामि विभिन्न हमला र घुसपैठबाट आक्रान्त भएका छौं । हामीले जाको प्रतिगमनको अवस्थालाई बुझ्नु पर्दछ । चुनाव हुदैन। चुनाव गर्ने वैधानिक बाटो सरकारले समातेको छैन । पुर्व प्रधानन्यायाधीशलाई के गर्न हुन्छ के गर्न हुदैन थाहा छैन ।
पूर्वप्रधानन्यायाधीश आफैले फैसला गर्ने आफै संबैधानिक अनुसार प्रधानमन्त्री हुने ? आफैले संसद विघटन गर्नु हुदैन भनेर फैसला गर्ने अनि आफैले असंबैधानिक किसिमले विघटन गर्ने ? त्यसैले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।'
यसमा जेनजीको आन्दोलन यससँग नजोडिने बताउदै ओलीले उनीहरुका सुशासन होस्, भ्रष्टाचार नहोस र सामाजिक सञ्जाल खोलियोस भन्ने माग रहेको बताए । साथै अहिले आफुहरुको काधमा असाधारण जिम्मेवारी रहेको त्यसलाई निभाउनु हामी सबैको कर्तव्य रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’