प्रतिनिधि सभाको पुनर्स्थापनाको एजेण्डामा दलहरुसँग छलफल गर्दै सभामुख
२०८२ असोज २९ बुधवार
- सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतमा जान दलहरुसँग परामर्श गर्ने लागेका छन् ।
काठमाडौँ, २९ असोज । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतमा जान दलहरुसँग परामर्श गर्ने लागेका छन् ।
सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् ।
सभामुख घिमिरेले आज नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल र नाउपाका प्रतिनिधिहरुसँग छलफल गर्ने तयारी गरेका हुन् ।
अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।
यसैबीच मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्दै ८ भन्दा बढी रिट परेका छन् । अध्ययनकै क्रममा रहेको भन्दै सर्वोच्च प्रशासनले अझै दर्ता भने गरेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।