राजनीतिक अस्थिरता र षड्यन्त्रका विरुद्ध पार्टी एकजुट हुनुपर्छः शंकर पोखरेल

२०८२ असोज २९ बुधवार
सारांश
  • एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ । षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन्छ भन्ने कुरा मनन गर्नु अत्यन्तै जरुरी छ ।’

 

उनले युवाहरूको दुरुपयोग गर्दै मुलुकलाई प्रतिगमनतर्फ लैजान खोज्ने प्रयास भइरहेको आरोप पनि लगाए । पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनतर्फ लैजानका लागि युवाहरूको दुरुपयोग गर्ने प्रयत्न भइरहेको छ । तर एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार