केन्द्रीय कमिटीले आदेश दिए छोड्छु, फेसबुकले भनेर छोडदिन: ओली
२०८२ असोज २९ बुधवार
- आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् ।
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु केन्द्रीय कमिटीको आदेशमा मात्र पद छोड्ने बताएका छन् ।
आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् ।
पार्टीमा अध्यक्षले छोड्नु पर्छ भन्ने लहड चलेको बताउदै भने- 'मैले छोड्ने की नछोड्ने भन्ने फेसबुकले भन्ने होइन यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुशी साथ, अध्यारो मुख लगाउन घर जले पनि जानेको छैन, केहि भए पनि जानेको छैन । मारिने अवस्था हुदा पनि अध्यारो मुख लगाउन जानेको छैन । फेरी पनि कमरेडहरुको आदेशमा, यो आदेश दिने ठाउ हो, यसको आदेशमा जुसुकै कुरा गर्न पनि तयार छु ।'
ओलीले यस कमिटीमा बसेर बाहिर गएर लोकप्रियवादको पछि लागेर नहिड्न नेताहरुलाई चेतावनी समेत दिए । उनले केन्द्रीय कमिटी र महाधिवेशनले नै नेतृत्वको टुंगो लगाउने स्पष्ट गर्दै तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’