विशेष महाधिवेशनले नयाँ पुस्तालाई समेट्न सक्दैन्: मोहन बस्नेत
२०८२ असोज २८ मङ्गलवार
- मंगलबार केन्द्रीय कार्यसमितिको बैठक अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव मात्र हुने, त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउने भएकाले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठक अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव मात्र हुने, त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउने भएकाले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताए ।
उनले भने, ‘युवा पुस्ता भनेर व्यक्ति केन्द्रित हुनु भएन् । मैंले मेरो जिल्लामा २९ वर्षको युवालाई प्रदेश सभाको टिकट दिलाएर चुनाव जिताएर आएको मान्छे हुँ । युवा मात्र होइन्, महिलाको कुरा पनि आउँछ । प्रदेशभर दुई जना महिलाले चुनाव जित्नु भएको छ । त्यसैले मैंले भन्न खोजेको के हो भने युवा वा पुस्तान्तरणको कुरा गर्ने अनि विशेष महाधिवेशन भनिरहेका छौं । विधानले विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिको पदाअधिकारी र सदस्यको चुनाव मात्र हुन्छ । त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउँछन् । त्यसैले यतिबेला विशेष महाधिवेशन युवा पुस्ताको लागि छदैँ छैन् । र यो प्रजातान्त्रिक पनि छैन् ।’
यस्तै, उनले विवाद टुंगाएर सकेसम्म यही मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताए । संभव नभए कति महिना थप्न पर्छ थपेर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व चयन गरिनुपर्ने बताए ।
उनले भने, ‘नियमित महाधिवेशनको प्रक्रियामा जानुपर्छ । नियमित महाधिवेशन गर्नको लागि जो जो पदाधिकारी अहिले विशेष महाधिवेशन भनेर कराई रहनुभएको छ उहाँ मध्य नै एक जनालाई क्रियाशील सदस्यता छानबिन एवम व्यवस्थापन र अधिवेशनमा जानको लागि तयारी गर्ने प्रक्रियामा जानेगरी संयोजक बनाएको छ । त्यसैले क्रियाशिलताको विवाद टुंगाएर मंसिरमा नियमित महाधिवेशन गरौं भन्न चाहन्छु । यदी सकिदैन भने कति महिना थप्न पर्छ थपौ । तर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व छानौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।