कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डामा अझै विवाद

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • अहिले कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बारे बहस चलिरहेको छ ।

काठमाडौं: नेपाली काँगेसको केन्द्रीय समितिको बैठक जेनजी आन्दोलनपछि पहिलोपटक आजदेखि शुरु हुदै छ ।  बैठक आज दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा शुरु हुदैछ ।

 

यस बैठकको मुख्य एजेन्डा कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने रहेको छ । अहिले कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बारे बहस चलिरहेको छ ।

 

अर्कोतर्फ केन्द्रीय समितिको बैठकका एजेण्डा तय नभएपछि केहि दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजे फेरी बैठक बोलाइएको छ । सो बैठकले एजेन्डा तय गरेपछि र दिउसो १ बजेदेखि केन्द्रीय समितिको बैठक शुरु गर्ने बताइएको छ ।

 

अर्कोटार्ग एक पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर आज केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी गरेका छन् । 

विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबि गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार