महावीर पुनले जेनजी युवाहरुलाई दिएको सुझावप्रति महेश बस्नेतको समर्थन
२०८२ असोज २६ आइतवार
- सामाजिक संजालमा टिप्पणी गर्दै नेता बस्नेतले पुनले जेनजी युवाहरुलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने बताउदै सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेकोप्रति समर्थन गरेका हुन् ।
काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सुझावको समर्थन गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता बस्नेतले पुनले जेनजी युवाहरुलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने बताउदै सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेकोप्रति समर्थन गरेका हुन् । एकता नै शक्ति हो भन्दै नेता बस्नेतले गुटबन्दी विनाशको बाटो भएको उल्लेख गरेका छन् । उनले नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउ भन्दै राजनैतिक दलहरू र जेनजी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
बस्नेतले देशलाई विदेशी रणभूमि बन्न दिन नहुने भन्दै विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- पञ्चायती व्यवस्था चालवाज र गुटबन्दीले ढल्यो । २०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ । जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्, त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन् । जेन–जी पुस्ताले पनि अब त्यही गल्ती दोहोर्याउन हुँदैन । तपाईंहरू कुनै दल होइन, एउटा उमेर समूह हो । देश सुधारको भावना लिएर अगाडी बढौं । एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन बढौं । महावीर पुनजीको यो भनाईलाई समर्थन गरियो ।
एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउँ राजनैतिक दलहरू र जेन्जी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गरौं । देशलाई विदेशी रणभूमि बन्न नदिऔं । विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गरौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।