प्रचण्ड र परिवारका सदस्यहरुप्रचिको प्रचार : ‘तथ्यहीन र नियोजित चरित्र हत्या’
२०८२ असोज २६ आइतवार
- प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै खण्डन गरेको हो ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै खण्डन गरेको हो ।
‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सचिवालयले विशेषगरी दुईवटा ट्रकमा दुई करोड रुपैयाँ प्रचण्ड निवासबाट ‘जेनजी आन्दोलन’ अघि लैजाने, गंगा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको, र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको जस्ता दाबीहरूलाई आधारहीन र प्रमाणविहीन आरोप भनेको छ ।
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।
सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको प्रावधान स्मरण गराउँदै सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मूल्य र मान्यताको पालना गर्न आग्रह गरेको छ ।
त्यस्तै, यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ ।
‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ ।
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आग्रह पनि गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’