- आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध जाहेरी बुझाएका हुन् ।
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन् ।
आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध जाहेरी बुझाएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरू मनिश जंग थापा, अशोक सिंह बिष्ट र बिजय शाहले बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिएका हुन् । उजुरी पछि केन्द्रीय सदस्य विष्टले २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेको बताएका छन् ।
भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएकोमा उनीहरुलाई जिम्मेवार ठहर गर्दै कारवाहीको माग गरिएको छ ।
जाहेरीमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको उल्लेख गरिएको छ ।
यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । प्रहरीले अहिलेसम्म जाहेरी दर्ता भने गरेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’