- बैठक आजपनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ ।
काठमाडौँ, २५ असोज । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ । बैठक आजपनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ ।
यसअघि शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादल लगायतले विद्या भण्डारीको सदस्यताको निर्णय सच्याउनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले संकटको समयमा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए ।
आजको बैठकमा बाँकी नेताहरुले आ-आफ्नो धारणा राखेपछि निर्णय गरिने बताइएको छ । साथै आजको बैठकमा महाधिवेशन सम्बन्धि प्रस्ताव समेत आउने उपमहासचिव ज्ञवालीले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’