जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की

२०८२ असोज २५ शनिवार
सारांश
  • प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तारको तयारी गरेकी छिन् ।

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तारको तयारी गरेकी छिन् । हाल आठ सदस्यीय रहेको मन्त्रिपरिषदमा जेनजी समुहका केहि अगुवाहरुलाई समेटेर विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

 

अहिलेसम्मको छलफल अनुसार प्रधानमन्त्री कार्कीले सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरेकी छिन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यद्यपी छलफल जारी रहेको र एकदुई नाममा हेरफेर हुनसक्ने बताइएको छ । प्रधानमन्त्री कार्कीले सोमबारसम्म शपथ खुवाउने गरि तयारी गरेको बताइएको छ ।

 

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार