कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो
२०८२ असोज २५ शनिवार
- नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् ।
काठमाडौँ, २५ असोज । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् ।
शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारेको बताए ।
उनले भने, ‘भोली २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौं । त्यसलाई दुईदिन पछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरु हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ । त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न सकौं र राजनीतिक मुद्धाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौं भनेर दुई दिनको लागि बैठक सारेको हो ।’
यस्तै, उनले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।