शान्ति सुरक्षालगायतका विषयमा जसपा नेपालले गरायो सरकारको ध्यानाकर्षण
२०८२ असोज २५ शनिवार
- जनता समाजवादी पार्टी (जसपा) नेपालले शान्ति सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ,२५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले शान्ति सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आह्वान गरेको सर्वदलीय बैठकमा जसपा नेपालका नेता प्रकाश अधिकारीले निर्वाचनको बेला शान्ति सुरक्षाको अवस्था नाजुक हुने गरेको भन्दै फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्ति सुरक्षाको हिसाबले अझ चूनौतीपूर्ण हुन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
मुलुकको हालको विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा शान्तिपूर्ण र ढुक्कका साथ जनताले मत दिन पाउँने व्यवस्थाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने उनको धारणा रहेको छ ।
त्यसैगरी बैठकमा अधिकारीले सरकार र निर्वाचन आयोगको पछिल्ला क्रियाकलापले दलविहीनताको अभ्यास हुन लागेको हो कि भनि आशंका व्यक्त गरेका छन् ।
निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु आयोगले दलहरुसँग सल्लाह र परामर्श विना अगाडि बढाउने गरेकोप्रति उनले असन्तुष्टि जनाए ।
त्यस्तै उनले जेनजी आन्दोलनपश्चात देखिएको दण्डहिनताको अन्त्य हुनुपर्ने र सुरक्षा संयन्त्रको मनोबल उच्च हुने गरी सरकारले काम गर्नुपर्ने बताए ।
सर्वदलीय बैठकमा जसपा नेपालबाट नेता प्रकाश अधिकारी र विद्युत बज्राचार्य सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।