मधेशका मुख्यमन्त्री सिंहले छोडेनन् सरकार, विश्वासको मत लिने
२०८२ असोज २५ शनिवार
- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
जनकपुरधाम, २५ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् । उनले असोज २८ गते विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् । अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले
शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् । मुख्यमन्त्री सिंहले आफ्नै दलले समेत समर्थन फिर्ता लिएको अवस्थामा पनि सरकार छोडेका छैनन् । त्यस बाहेक उनलाई समर्थन गरेका कांग्रेस र एमालेले पनि सर्मथन फिर्ता लिइसकेका छन् ।
मधेश प्रदेशसभामा १०७ प्रदेश सभा सदस्य छन् । हाल १०५ जना सांसद छन् । जसमा हाल एमालेका २४, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नाउपा र संघीय समाजवादी पार्टीका १-१ सांसद रहेका छन् ।
अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी शुरु भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’