देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

२०८२ असोज २३ बिहीवार
सारांश
  • बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् ।

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् ।

 

बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् ।

 

उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतरामा छ । देशको अस्तित्व  जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ । गृहमन्त्रीले  विभिन्न व्यक्तिहरुलाई बोलाएर फलाना–फलानाका विरुद्ध उजुरी र निवेदन हाल्नुस् भनेर माग गर्नुभएको छ । पासपोर्ट रोक्का गर्ने रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?’ 

 

साथै उनले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छाड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार