ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै

२०८२ असोज २३ बिहीवार
सारांश
  • एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली प्रमुख अतिथि रहने र सम्बोधन गर्ने एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् ।

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

 

एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली प्रमुख अतिथि रहने र सम्बोधन गर्ने एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् ।

 

ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सम्बोधन गर्ने बताइएको छ । 

 

प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए भने निवासबाटै पार्टीका बैठक र अन्य गतिबिधि शुरु गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार