कांग्रेस पदाधिकारी बैठक सानेपामा शुरु, देउवा अनुपस्थित

२०८२ असोज २३ बिहीवार
सारांश
  • बैठकमा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक केहि बेरअघि शुरु भएको हो । 

 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

  

बैठकमा असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ । भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक बसेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार