वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल

२०८२ असोज २२ बुधवार
सारांश
  • आन्दोलनका क्रममा भएका जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने मुख्य उद्देश्य बोकेर अगाडि बढेको बताएका हुन् ।

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले तीन वटा मुख्य उद्देश्यहरु बोकेर अगाडि बढेको बताएका छन् । 


बुधबार काठमाडांै भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ भित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएका जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने मुख्य उद्देश्य बोकेर अगाडि बढेको बताएका हुन् । 


उनले भने, ‘यो सरकार जेन–जी आन्दोलनको जगमा बनेको सरकार हो । र यो सरकारलाई जनसमर्थन प्राप्त छ । यो सरकारलाई देशभरका राजनीतिक दलहरुको समेत सहमति र समर्थनमा बनेको सरकार हो । त्यसकारण यो सरकारका तीन वटा महत्वपूर्ण योजनाहरु रहेका छन् । पहिलो कुरा भनेको फागुन २१ भित्र चुनाव गर्ने हो, दोस्रो भनेको सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र तेस्रो भनेको अहिले भएको जनधनको क्षतीको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने हो ।’


यस्तै, उनले यो सरकारमा कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे नभएको हुनाले सबैको विश्वास प्राप्त गर्न सक्षम भएको बताए । 
उनले भने, ‘यो सरकार सबैको विश्वास प्राप्त सरकार हो । यहाँ कुनै एउटा निश्चित पार्टीको र निश्चित वर्गको मात्र मान्छे छैन् । त्यसकारण यो सरकारलाई सुरुदेखि नै सबै पार्टी र जनताको समर्थन र आन्दोलनको जगमा आएको र राजनीतिक पृष्ठभूमि नभएको मान्छेहरु आएको हुनाले यो सबैको सरकार हो ।’ 


नेपालको सरकार अस्थिर भएपनि राससभित्र एकता र स्थिरता हुनुपर्ने उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार