- सामाजिक सञ्जालमा नेता थापाले अहिलेका मन्त्रीहरुले गुरुङको जि हजुरी गरिरहेको टिप्पणी गर्दै बरु नियुक्ति नै दिएर काम गराउन तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेश निर्देश बन्द गर्न सुझाव दिएका छन् ।
काठमाडौँ : नेकपा एमालेका नेता सुर्य थापाले प्रधानमन्त्री सुशिला कार्की र हामि नेपालका प्रमुख सुदन गुरुङलाई विदेशीको खेलौना भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा नेता थापाले अहिलेका मन्त्रीहरुले गुरुङको जि हजुरी गरिरहेको टिप्पणी गर्दै बरु नियुक्ति नै दिएर काम गराउन तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेश निर्देश बन्द गर्न सुझाव दिएका छन् ।
उनले भनका छ-
हाइज्याकर राज- हुल अफ ल !
संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने संदीग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउँछन्, कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन । पढ्नु न लेख्नु जान्नु न बुझ्नु मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन् ! अर्थमन्त्री जो स्वयं व्युरोक्रेसीबाट आएका हुन्, उनी हजुर सुदन सर भन्दै जी हजुरीका साथ लाचारी प्रदर्शन गर्छन् । गृहमन्त्री यसै भरौटेलाई विपद्को एक्सपर्ट(विज्ञ) भन्न शरम मान्दैनन् ।
जनताबाट निर्वाचित र उत्तरदायी भए पो लाज, घिन, डर र शरम लागोस त ? विदशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ । मानौं यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिशकर्ता मिस्टर लुसिफर(डार्कम्यान)को खास नायबी चलाइरहेको छ !
यसलाई नियुक्ति दिनुछ भने देउ भरौटे सरकार, तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेशनिर्देश बन्द गर ! यो जोकरतन्त्र होइन, लोकतन्त्र हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’