माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ- प्रचण्ड

२०८२ असोज २० सोमवार
सारांश
  • माओवादी केन्द्रको बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको समेत बताए ।

काठमाडौं: नेकपा माओवादी केन्द्रका विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिने बताएका छन् ।
 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले माओवादी केन्द्र घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट गरेका हुन् । 

 

प्रचण्डले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने दाबि गरे । उनले माओवादी केन्द्रको बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको समेत बताए ।

 

जेनजी आन्दोलनको दबाबपछि पार्टीको नेतृत्व छोड्ने भन्दै विशेष महाधिवेशन घोषणा गरेका प्रचण्डलाई हाल पार्टीको नेतृत्व छोड्ने दबाब रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार