- भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
काठमाडौं: अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोग उल्लेखनीय रहेको बताए ।
साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनि कृतज्ञता व्यक्त गरे ।
उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिक रूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।