- आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ ।
काठमाडौँ, १२ असोज । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ ।
सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन उर्जामन्त्री कुलमान घिसिङलाई पठाउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यस्तै मन्त्रिपरिषदले जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्रको व्यवस्था गृहमन्त्रालयले गर्ने निर्णय गरेको छ भने आन्दोलनका घाइतेको पुन उपचारको व्यवस्था गर्न देशभर जेनजी क्लिनिक खोल्ने र एम्बुलेन्सको सहजीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै घाइते भएकाको बर्गिकरण गर्न प्राविधिक समिति बनाउने र तत्काल कार्य गर्ने निर्णय गरेको छ । बर्गिकरणपछि घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय भएको छ ।
मुग्लिनदेखि पोखरा जाने बाटोमा मर्स्याङ्दी जलविधुतसम्म गोरखापट्टि सडक खोल्न ३० मिटर सदर गर्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रधामन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिनालाई नियुक्त गरेको मन्त्री खरेलले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।