देश छोडेर भाग्दैनौं- ओली

२०८२ असोज ११ शनिवार
सारांश
  • भदौं २३ गते सरकारले गोली चलाउने आदेश नै नदिएको बताउदै प्रहरीले रबरको गोली मात्र चलाएको जवाफ आफुले पाएको बताए ।

काठमाडौँ, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर आफूहरु नभाग्ने स्पष्ट गरेका छन् ।

 

बिहीबार भक्तपुरमा युवा संघ नेपालले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हाहुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने बताएका हुन् ।

ओलीले आफ्नो घरको लोकेसन ट्रयाक गरेर घर घेर्न आउन खोजिएको भन्दै सरकारले दिनुपर्ने बताएका छन् ।

 

जेनजी आन्दोलनको दुरुपयोग गरेर संसद भवन र सिंहदरबारमा आगो लगाइएको बताउदै छानीछानी तोडफोड र आगजनीको काम जेनजीले नगरेको बताए ।

 

साथै सरकार सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको बारेमा उनले भने- ‘सरकारको सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ? असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’

 

भदौं २३ गते सरकारले गोली चलाउने आदेश नै नदिएको बताउदै प्रहरीले रबरको गोली मात्र चलाएको जवाफ आफुले पाएको बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार