युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं : मन्त्री खरेल
२०८२ असोज १० शुक्रवार
- शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् ।
शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए ।
उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’
उनले विरामीहरुसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए । उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न आउने बताए ।
खरेलले घाइतेहरुको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरुलाई उपचार गराई सामान्य जिवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।