नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ: डा.बाबुराम भट्टराई

२०८२ असोज ०९ बिहीवार
सारांश
  • बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने बताएका हुन् ।

काठमाडौं: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् ।

 

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘नयाँ पुस्तालाई प्रोत्साहत गर्न पूराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ । एउटा भनाई छ स्थापित भएपछि की सच्चिनुपर्छ की सकिनुपर्छ भन्ने छ । त्यसकारण हाम्रो वैकल्पिक राजनीतिक अभियन्ताहरुले पनि आफ्ना समुहहरु, पार्टीहरु छन् त्यहाँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ ।’

 

डा. भट्टराईले राजनीतिमा नव युवकहरुले ढोका ढकढकाइसकेपछि आफूले पद त्यागेको स्पष्ट पार्दै उनले भने, ‘मैले किन पद त्याग गरें भने नैतिक हिसावले पनि नव युवकहरुले ढोका ढकढकाइसके र नातीनातिना पुस्ता अगाडि आइसके ।  उनीहरुलाई प्रोत्साहन दिनुपर्छ । उनीहरुले नेतृत्व गर्नुपर्छ भनेर बाटो क्लियर गरेको हुँ ।’

 

उनले जेनजी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकरात्मक पक्ष रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार