प्रचण्डलाई अध्यक्ष पद छोड्न दवाव

२०८२ असोज ०९ बिहीवार
सारांश
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न दवाव परेको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न दवाव परेको छ ।

 

विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका हुन् ।

 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन् ।  प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका हुन् । श्रेष्ठले अहिलेनै नेतृत्व छोडेर आफुलाई कार्यवाहक दिन आग्रह गरेका छन् ।

 

त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका हुन् ।

 

एक केन्द्रीय सदस्यका अनुसार शर्माले अहिले प्रचण्डले गरेको अपिल जनताले सुन्ने अवस्था नरहेको भन्दै कमीकमजोरी स्वीकार गरेर नेतृत्व नयाँ पुस्तालाई सुम्पिन सुझाव दिएका थिए । साथै शर्माले बैठकमा सबै पदाधिकारीले सामुहिक राजीनामा दिएर आगामी महाधिवेशनमा चुनावमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका थिए । उनले अहिलेकै नेतृत्व दोहोरिने महाधिवेशन स्वीकार्य नहुने स्पष्ट गरेका थिए ।

 

प्रचण्डले नयाँ परिस्थितिमा विशेष महाधिवेसन गर्न तयार भएपनि अध्यक्ष छोड्न भने तयार नदेखिएको बताइएको छ । करिब ३६ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड आफ्नो राजनीतिक जीवनमा पार्टीमा अहिले जेनजी आन्दोलनपछि सबै भन्दा बढी दबाबमा रहेको विश्लेषण उनका समर्थकबीच हुन लागेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार