माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु

२०८२ असोज ०९ बिहीवार
सारांश
  • विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव पेश गरेका छन् । काठमाडौंस्थित प्रज्ञा भवनमा भोलीसम्म चल्ने बैठकमा विशेष महाधिवेशन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

 

विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव पेश गरेका छन् । काठमाडौंस्थित प्रज्ञा भवनमा भोलीसम्म चल्ने बैठकमा विशेष महाधिवेशन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

 

जेनजी आन्दोलनमा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको माग जोडदाररुपमा उठिरहेका बेला शुरु भएको केन्द्रीय समितिले ठोस निर्णय गर्ने बताइएको छ ।

 

अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्व परिवर्तन नगरी विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतले अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार