''निर्वाचन तोकिएको समयमै गर्ने र भ्रष्टचारीलाई कारवाहीको प्रतिबद्धता''

२०८२ असोज ०९ बिहीवार
सारांश
  • प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान गरेकी छिन् ।

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान गरेकी छिन् ।

 

विहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल समेत गरेकी छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यादेश पाएको सरकारले आन्दोलनको मर्म अनुसारका सबै काम गर्न सम्भव नभएको भन्दै  सकेसम्मका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

 

उनले सेवाग्राहीसँग  पैसा माग्ने, नराम्रो व्यबहार गर्ने गरेको पाइएमा तिनै तहका सरकारमा उजुरीको लागि हटलाइनको व्यवस्था गरेकी छिन् ।

 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा कतिपय संबिधानमा रहेका व्यवस्था बाहिरका विषयलाई निर्वाचनमा भाग लिएर नयाँ संसदबाट संबिधान संसोधन गरेर पुरा गर्न आग्रह गरेकी छन् । साथै प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका सरकारी संरचनाको पुनर्निमाण गर्न सरकारले खडा गरेको कोषमा सहयोग गर्न देश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई आव्हान गरेकी छिन् ।

 

उनले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड, आगजनी, दमनको छानबिन गर्न आयोग गठन गरेको, आन्दोलनका क्रममा नेताहरुको घरमा भेटिएका रकमको बारेमा छानबिन शुरु भएको र विगतमा भएका भ्रष्टाचारका प्रकरण बारे पनि सरकारले छोटो सहयोगमा जानकारी हासिल गरेको र यसमा सरकारले कारवाही थाल्ने बताएकी छिन् ।

 

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको  भावना अनुसार सबै राष्ट्र सेवक  कर्मचारीलाई आफुलाई परिवर्तन गरेर सेवा दिन आग्रह गरेकी छिन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार