जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल
२०८२ असोज ०८ बुधवार
- पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ताजा जनादेशको जेनजीको मागलाई साथ दिँदै आगामी कदमहरु चाल्ने बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकारी सभापति डोल प्रसाद अर्यालले छोटो समयमा जनताले चाहेको निकास दिने हिसाबले गृहकार्य गरिरहेको बताएका छन् ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठक पश्चात उनले जनताले चाहेको निकास र नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै त्यसमै सबैको ध्यान केन्द्रीत रहेको बताए ।
उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ । त्यसकारण हामीले आन्तरिक गृहकार्यमा अलि बढि ध्यान दिनुपर्ने अवस्था छ ।’
साथै, पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ताजा जनादेशको जेनजीको मागलाई साथ दिँदै आगामी कदमहरु चाल्ने बताए ।
उनले पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य भाद्र २३ गते समाप्त मात्र होईन पूर्ण समाप्त भएको पनि बताए ।
उनले भने, ‘जेनजीको माग पनि त्यही हो र रास्वपाको पनि विचार त्यही हो की ताजा जनादेशमा जानुपर्छ । पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य समाप्त मात्र होईन पूर्ण समाप्त भएको कुरा हामीले भाद्र २३ गते नै गरेका थियौँ र त्यही दुईवटा दलको बल कायम रहेको संसदको वैधतामाथि पनि प्रश्न उठेको कुरालाई आत्मसाथ गर्दै आगामी निकास भनेर अबका घटनाक्रमहरु पनि छन् ।’
भदौ २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको निन्दा गर्दै छुट्टै न्यायिक छानबिन हुनुपर्ने मागलाई सरकारले सम्बोधन गरेर त्यसलाई पूर्ण रुपमा सघाउने पनि उनको भनाई छ ।
उनले भने, ‘भदौ २४ को अप्रिय घटना श्रृंखलालाई पनि पार्टीले त्यती बेला नै २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको पनि हामीले निन्दा गर्दै त्यसको पनि छुट्टै न्यायिक छानबिन हुनुपर्छ भन्ने माग गरेका छौँ । सरकारले पनि त्यसलाई सम्बोधन गरेर एउटा जाँचबुझ आयोग गठन गरेको छ । त्यसलाई पूर्ण रुपमा सघाउने कुरा छँदै छ, त्यसपछि अबको राजनीतिक कोर्ष के हुन्छ भनेपछि फागुन २१ ताजा जनादेशको लागि आह्वान भएको छ । यद्यपी कामहरु गर्नै बाँकी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।