- जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा. आरजु राणा उपचारपछि आज डिस्चार्ज हुन लागेका हुन् । आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा. आरजु राणा उपचारपछि आज डिस्चार्ज हुन लागेका हुन् । आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ । हाल टाँका निकालिएको र स्वास्थ्यमा सुधार भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिने उनी निकट नेताहरुले बताएका छन् ।
बुढानिलकण्ठस्थित निवास हाल बस्न योग्य नभएकाले हाल सभापति देउवा ललितपुरस्थित ससुरालीमा बस्न सक्ने बताइएको छ । उनका लागि नयाँ भवन नखोजिएको र ललितपुरको झम्सिखेलमा रहेको आरजुको माइतीको घरमा बस्ने तयारी गरिएको बुझिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’