अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली
२०८२ असोज ०७ मङ्गलवार
- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन् ।
काठमाडौँ, ७ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उहाँलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ । पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गरेका मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए ।
पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेनजी’को प्राथमिक माग भएकाले त्यसैअनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’