माओवादीले केन्द्रीय समिति बिघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने
२०८२ असोज ०५ आइतवार
- असोज ९ गते माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक राखिएको पनि उनले जानकारी दिए ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ ।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
असोज ९ गते माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक राखिएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘मौजुदा केन्द्रिय समिति विगठन गरी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रिय समितिमा लैजाने, नेतृत्वको हस्तान्रणबारे विचार, विधि र प्रक्रियाबारे प्रारम्भिक छलफल भयो । आगामी कार्यक्रममा बारेमा पनि विस्तृत छलफल भएको छ त्यसको विस्तृत प्रस्ताव केन्द्रिय समितिमा लैजाने निर्णय भएको छ ।’
पार्टीको स्थायी समितिको बैठक भने असोजको ८ गते बस्ने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।