- सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताए ।
विराटनगर: नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् ।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अब सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताए ।
हालै बसेको कांग्रेसको कार्यसम्पादन समितिमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्न सकिने प्रस्ताव राखेका थिए । तर, कोइरालाले त्यसबारे अहिले धारणा दिन नमिल्ने बताए ।
कोइरालाले भनेका छन् ‘संविधानलाई धेरै नचलाइ, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । अहिले संविधान डिरेल भए पनि यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचन नै हो ।’
जेनजी आन्दोलनप्रति आत्मालोचना
जेनजी आन्दोलन उठ्नुमा राजनीतिक दल र नेतृत्वको कमजोरी रहेको स्वीकार गर्दै कोइरालाले भने, ‘उनीहरूले उठाएका मागलाई हामीले आत्मसात गर्न सकेनौँ, विश्वास गरेनौँ। त्यो सरकारको पनि गल्ती भयो।’ उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।
आगोले जलेको निवासमै पत्रकार सम्मेलन
कोइरालाले पत्रकार सम्मेलन आफ्नै निवासमा गरे, जुन केही दिनअघि जेनजी आन्दोलनकै क्रममा आगजनीमा परि जलेको थियो । भावुक हुँदै उनले भने, ‘यो घर मेरो मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीक हो । यो घर जले पनि लोकतन्त्रको लडाइँ यहाँबाट नै अघि बढ्छ ।’
उनले कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस भए पनि अहिलेको प्राथमिकता चुनाव भएको दोहो¥याए । ‘अब ६ महिनाभित्र हुने निर्वाचन नै देशको निकास हो। यो सरकार निर्वाचनका लागि मात्र हो, अरू विकल्प छैन,’ उनले भने, ‘म कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई भन्छु— संयमित भएर, नडराई, चुनावमा होमिनुहोस् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।