संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो- प्रधानमन्त्री कार्की

२०८२ असोज ०३ शुक्रवार
सारांश
  • प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् ।

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् ।

 

टुँडिखेलमा आयोजित संबिधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले  संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि भएको बताएकी छन् ।

 

उनले भनिन्- वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो । संबिधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि हो । १० बर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ । सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको भन्दै भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएका हुन् ।'

 

प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् ।

 

उनले जेनजी आन्दोलनले शासकीय सुधारको माग गरेको बताइन् । उनले आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माण गर्ने, निजी क्षेत्रको हौसला बढाउनु पर्ने र तोकिएको समयमा निर्वाचन गर्नुपर्ने जस्ता काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

उनले सरकार आफ्ना जिम्मेवारीप्रति कटिबद्ध रहेको भन्दै आम जनतापनि आफ्नो कर्तव्यमा प्रतिबद्ध हुनेमा आफु विश्वस्त रहेको बताएकी छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार