शशांकको प्रश्न- मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?

२०८२ असोज ०३ शुक्रवार
सारांश
  • भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् ।

 

शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरेका छन् ।  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो ।

 

उनले भने- 'जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।'

 

डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार