- संविधान दिवसको दिन कालो दिवस मनाएको जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहले बताए ।
जनकपुर: संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ ।
देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।
२०६२÷०६३को मधेश आन्दोलन पश्चात बनेको संविधानमा मधेशी लगायत उत्पीडनमा परेका थुप्रै जातजाती भाषाभाषीको हक अधिकार सुनिश्चित नभएको कारणले संविधान दिवसको दिन कालो दिवस मनाएको जनता समाजवादी पार्टी नेपालका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहले बताए ।
उनले आंशिक रुपमा मधेशवादी दलले संविधानको समर्थन गरेपनि आदिवासी, थारु, जनजातीहरुको हक अधिकार पूर्ण रुपमा संविधानमा नसमेटिएसम्म आफूहरुले आजको दिनमा कालो दिवस मनाउने बताए ।
कांग्रेस, एमाले र माओवादीले मधेशी जनतालाई गोली हानेर जवरजस्ती संविधान जारी गरेको नगर अध्यक्ष साहको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।