- गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका हुन् ।
काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् । फागुन २१ गरे निर्वाचन गराउने कार्यभारसहित बनेको सरकारले निर्वाचनको विषयमा छलफल शुरु गरेको हो ।
विहिबार गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको बताउदै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने धारणा राखेका थिए । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन गर्नुपर्ने बताएका थिए ।
विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली थप्न नमिल्ने व्यवस्था भएकाले कानून संशोधनको प्रस्ताव ल्याउन निर्वाचन आयोगलाई आग्रह गरे ।
साथै विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी मतदानमा सहभागी गराउनु पर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधमान कानुन अनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सम्भव नरहेको जानकारी गराएका थिए । उनले आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोगले सहजीकरण गर्ने धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।